पुनर्योग पछि एसईईमा मित्रश्रीका अमिर लामाको ४ जीपीए 

भक्तपुर, २५ जेठ । मित्रश्री पाठशाला दुवाकोटका छात्र अमिर लामाले ४ जीपीए ल्याएका छन् । विद्यालयका प्रीन्सिपल दिपक बहादुर बिष्टका अनुसार पुनर्योग (Retotaling) पश्चात् पूर्ण ४ जीपीए हासिल गरेका हुन् ।

केही समय अगाडी आएको नतिजामा उनले ३.९५ जीपिए ल्याएपछि छात्र लामाले पुनर्योगकोलागी राष्ट्रिय परिक्षा बोर्डमा निवेदन दिएका थिए ।

“उनले प्राप्त गरेको सफलताले विद्यालयको गौरव अझ उचो भएको छ, ” प्रीन्सिपल बिष्टले भने ।२१ जना विद्यार्थी सहभागी भएको एसईई परिक्षा २०८२ मा यस विद्यालयले  शतप्रतिशत  नतिजा प्राप्त गरेको छ । 

 कक्षा ८ को परिक्षामा समेत विद्यालयले उत्कृष्ट नतिजा ल्याएको बिष्टले बताए । “हामी विद्यार्थीलाई सैद्धान्तिक र व्यवहारिक शिक्षामा अब्बल बनाउन सधै तत्पर छौं, हाम्रा अभिभावकहरुले दिनुभएको साथले अझै हौसला मिलेको छ, ” प्रीन्सिपल बिष्टले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्

काठमाडौँ, २६ भदौ । आजदेखि नेपालका हलमा दुई नेपाली र दुई अन्तर्राष्ट्रिय फिल्म प्रदर्शनमा आएका छन् । नेपाली फिल्म ‘पेन्सन पट्टा’

काठमाडौँ, २४ भदौ । चलचित्र ‘अन्तिम दाउ’ निर्माणको घोषणा गरिएको छ । निर्माण पक्षले चलचित्रको थिम र मुख्य कलाकारहरूको क्यारेक्टर लुक्ससहित

काठमाडौँ, २२ भदौ । टिकटक भिडियो बनाउने क्रममा एक किशोरी महाकाली नदीमा बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार