गर्मीका कारण कोहलपुरका विद्यालय तीन दिन बन्द   

काठमाडौँ, २५ जेठ । बढ्दो गर्मीका कारण बाँकेको कोहलपुर नगरपालिकाका विद्यालय आजदेखि तीन दिनसम्म बन्द गरिएको छ ।

शिक्षा तथा खेलकुद शाखा प्रमुख रविलाल मिजारका अनुसार पछिल्ला केही दिनयता बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढ्दै गएपछि कोहलपुर नगरपालिकाले पालिकाका संस्थागत तथा सामुदायिक विद्यालयमा बिदा दिने निर्णय भएको हो ।

उनले भने, ‘वर्षा भएर गर्मी घट्ने अवस्था आए तीन दिन मात्रै बिदा हुन्छ नभए थप दुई दिन बिदा हुन सक्छ,’ । उच्च तापक्रम तथा तातो हावाका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै नगरपालिकाले सो निर्णय गरेको थियो ।

कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख मिजारले यही २५ देखि २७ जेठसम्म तीन दिन नगरभित्र सञ्चालित सामुदायिक ३३ र संस्थागत ५० विद्यालयमा नियमित पठनपाठन स्थगन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्

काठमाडौँ, २६ भदौ । आजदेखि नेपालका हलमा दुई नेपाली र दुई अन्तर्राष्ट्रिय फिल्म प्रदर्शनमा आएका छन् । नेपाली फिल्म ‘पेन्सन पट्टा’

काठमाडौँ, २४ भदौ । चलचित्र ‘अन्तिम दाउ’ निर्माणको घोषणा गरिएको छ । निर्माण पक्षले चलचित्रको थिम र मुख्य कलाकारहरूको क्यारेक्टर लुक्ससहित

काठमाडौँ, २२ भदौ । टिकटक भिडियो बनाउने क्रममा एक किशोरी महाकाली नदीमा बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार