सेयर बजार २०.२७ अंकले घट्यो

काठमाडौँ, २५ जेठ । सेयर बजार आज २०.२७ अंकले घटेको हो ।

योसँगै बजार मापक परिसूचक २७३५.१४ विन्दुमा झरेको छ । बजार घट्दा ४३ कम्पनीको सेयर मूल्य बढेको छ । २११ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

यस दिन चार अर्ब आठ करोड ४८ लाख ९६ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । ९२ लाख ३६ हजार ६७७ कित्ता सेयर ५६ हजार ८४५ पटकमा खरिद–बिक्री भएको हो ।

कालिञ्चोक हाइड्रो, क्रेस्ट माइक्रोलाइफ, सोपान फर्माटिकल्स, सामुदायिक लघुवित्त, सिभिल बैंकलगायत कम्पनी शीर्ष कमाउनेमा परे ।

समूहगत सूचकतर्फ फाइनान्स समूह ०.२६ प्रतिशतले घटेको छ । बाँकी समूह राताम्मे देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ साउन । धनुषामा करेन्ट लागेर एक २३ वर्षीया युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार महोत्तरीको एकडारा गाउँपालिका–१

काठमाडौँ, ३१ साउन । लागुऔषध मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानरपालिका–९ घर

काठमाडौँ, ३१ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३६ सय रुपैयाँले

काठमाडौँ, ३१ साउन । झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३