वाग्मतीका ९ जिल्लामा सकियो रास्वपाको अधिवेशन

काठमाडौँ, २४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वाग्मती प्रदेशका ९ जिल्लाको अधिवेशन सकिएको छ ।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार शनिबार र आइतबार भइरहेको अधिवेशनमा प्रदेशका कुल १३ मध्ये ९ जिल्लाको अधिवेशन सकिएको हो ।

काठमाडौँ जिल्ला सभापतिमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत निर्वाचित भएका छन् । त्यस्तै, काभ्रेपलाञ्चोकमा प्रबिन ढकाल, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत जिल्ला सभापति बनेका छन् ।

त्यस्तै, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अर्याल, मकवानपुरमा सन्जिव पाठक चयन भएका छन् ।

यता चितवन, रसुवा र ललितपुरमा आज हुँदै छ । सिन्धुपाल्चोकमा हिजो सुरु भएको अधिवेशन विविध कारणले रोकिएका उनले बताए । रास्वपाले असार ७, ८ र ९ गते चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको २७ सय रुपैयाँले

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ३५ अर्ब बराबरको छ महिने निक्षेप सङ्कलन गर्ने

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Exchange Rate for