नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा प्रवेश

काठमाडौँ, २४ जेठ । ओमानविरुद्व आठ विकेटको सहज जित निकाल्दै नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनल प्रवेश गरेको छ ।

आज सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा ओमानले प्रस्तुत गरेको ९४ रनको लक्ष्य नेपालले ९.२  ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालका लोकश बमले अविजित ४४ रनको इनिङ खेले । उनले २६ बलमा सात चौका र एक छक्का प्रहार गरे । रोहितकुमार पौडेलले अविजित २१ र कुशल भुर्तेलले २० रन बनाए । तेस्रो विकेटका निम्ति लोकेश र रोहितले अविजित ६८ रनको साझेदारी गरे ।

ओमानका निम्ति दुवै विकेट समीर ओटमनले लिए । त्यसअघि, टस जितेर ब्याटिङ रोजेको ओमानले १९.४ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनाएको थियो ।

ओमानका कप्तान सफ्यान मेहमुदले ३८, जुबैर अल बलुशीले २२ र  अब्दुल जाइलले १६ रन बनाए । नेपालका करण केसीले तीन विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले दुई/दुई, शाहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीका नाममा एक/एक विकेट रह्यो ।

नेपालले अब उपाधिका निम्ति हङकङ र मलेसियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा निर्वाचित चन्द्र भण्डारीले प्रतिनिधिले गरेको विश्वासको शिर झुक्न नदिने प्रतिवद्धता जनाएका

काठमाडौँ, २६ असोज । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम

काठमाडौँ, २५ असोज । नेपाली सेनाले गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ४९ जनाको उद्धार गरेको छ । आज सेनाले एक

काठमाडौँ, २५ असोज । रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टीका सदस्यहरुलाई बाढीबाट प्रभावितहरूको उद्धारमा जुट्न निर्देशन दिएको छ । सभापति लामिछानेले