औषधिको आपूर्तिलाई सहज बनाउन मन्त्री मेहताको निर्देशन

काठमाडौँ, २३ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले हाल बजारमा अभाव देखिएका औषधिको आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन निर्देशन दिएकी छन् ।

औषधि व्यवस्था विभागको अनुगमनपछि उहाँले क्यान्सरलगायत औषधिको अभाव हुन नदिन निर्देशन दिएकी हुन् । उनले हालसम्म औषधि आपूर्ति र वितरणको अनुमतिका लागि निवेदन पेस गरेका तर अनुमति नपाएका कम्पनीको स्थलगत निरीक्षण गरी प्रक्रिया अगाडि बढाउन निर्देशन दिइन् ।

मन्त्री मेहताले सरकारबाट निःशुल्क वितरण गरिने औषधि र स्वास्थ्य बीमाअन्तर्गत उपलब्ध गराइने औषधीको गुणस्तर परीक्षणलाई जोड दिने गरी आवश्यक व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई निर्देशन दिएकी छन् ।

उनले विभागलाई प्रभावकारी बनाउन तत्काल गर्नुपर्ने सुधारका लागि आवश्यक स्रोतसाधन र जनशक्तिको विवरण अविलम्ब पेस गर्न आग्रह निर्देशन दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । बागलुङको निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई मजदुरको मृत्यु भएको छ

काठमाडौँ, १९ असोज । १० वर्षअघि हराएका एक बालकलाई प्रहरीले फेला पारेको छ । सप्तरी अग्नीसाइर कृष्णासवरन गाउँपालिका–६ बस्ने ऋषिदेव सदाका

काठमाडौँ, १९ असोज । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ कपाली टोलमा आगलागी भएको छ । प्रहरी वृत्त जगाती भक्तपुरका अनुसार नवराज भट्टले सञ्चालन

काठमाडौँ, १९ असोज । नेपाल राष्ट्र बैंकले ४० करोड थान एक रुपैयाँ दरका चलनचल्तीका सिक्का छापी आपूर्ति तथा वितरण गर्न अन्तर्राष्ट्रिय