मानव अधिकार आयोगको प्रतिवेदनप्रति नेपाल बारको आपत्ति

काठमाडौँ, २० जेठ । नेपाल बार एशोसिएशनले राष्ट्रिय मानव अधिकार आयोगद्वारा हालै सार्वजनिक गरिएको एक अनुसन्धान प्रतिवेदनप्रति आपत्ति प्रकट गरेको छ ।

भदौ २३ र २४ गतेका घटनाका सम्बन्धमा आयोगका सदस्य लिली थापाको संयोजकत्वमा गठित समितिले बुझाएको प्रतिवेदन र सिफारिसका बुँदाहरूमाथि बारले प्रश्न उठाएको हो ।

महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाद्वारा आज जारी विज्ञप्तिमा आयोगको उक्त प्रतिवेदन विस्तृत नभई ‘छनौटपूर्ण’ रहेको प्रारम्भिक निष्कर्ष निकालिएको छ। 

बारले सो प्रतिवेदनको आधिकारिक प्रति उपलब्ध गराउन आयोगसँग माग गर्दै यसको विस्तृत अध्ययनका लागि आफ्नो ‘मानव अधिकार तथा जनसरोकार समिति’लाई जिम्मेवारी दिएको जनाएको छ। समितिको अध्ययन पछि थप धारणा सार्वजनिक गरिने बारले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् ।  सङ्घीय संसद् सचिवालयका

काठमाडौँ, ९ भदौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक विकासका लागि सूचना प्रविधि (आईटी) क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सरकारले पाँचवर्षे

काठमाडौँ, ९ भदौ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज नबस्ने भएको छ । आज दिउँसो १ बजे बैठक बस्ने गरी यसअघि

काठमाडौँ, ९ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढी खाचोँ भएको बताउनुभएको