इरानद्वारा अमेरिकासँगको वार्ता स्थगन

एजेन्सी, १९ जेठ । लेबनानमा इजरायलको बढ्दो सैन्य आक्रमणको विरोधमा इरानले अमेरिकासँगको उच्चस्तरीय वार्ता स्थगन गरेको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

इरानको यो कदमले तीन महिनादेखि जारी युद्ध अन्त्य गर्ने प्रयासलाई थप जटिल बनाएको छ । इरानको अर्धसरकारी समाचार एजेन्सी तस्निमका अनुसार, इरानी वार्ता टोलीले मध्यस्थकर्तामार्फत हुने संवाद तथा सन्देश आदानप्रदान स्थगन गर्ने निर्णय गरेको छ ।

इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले लेबनानमा इजरायली आक्रमण जारी रहेमा आफूहरूले जवाफी कारबाही गर्न सक्ने बताएका छन् ।

गालिबाफले भने, “विगत दुई दिनदेखि हामीले इजरायली आक्रमण रोक्न गम्भीर प्रयास गरिरहेका छौँ । यदि, यी अपराध जारी रहे हामी वार्ता प्रक्रिया मात्र स्थगन गर्ने छैनौँ, इजरायलविरुद्ध पनि खडा हुनेछौँ ।”

उनले थपे, “यदि, इरान र अमेरिकाबीच युद्ध अन्त्य गर्ने कुनै सम्झौता भए त्यसमा लेबनानसहित सबै मोर्चामा आक्रमण रोक्ने व्यवस्था समावेश हुनेछ ।”

इरानको विदेश मन्त्रालयले पनि सोमबार एक विज्ञप्ति जारी गर्दै युद्धविराम उल्लंघन र लेबनानमा इजरायली शासनद्वारा गरिएका आक्रमणका निम्ति अमेरिका प्रत्यक्ष रूपमा जिम्मेवार रहेको जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार दिउँसो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा आफूले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहू र हिजबुल्लाहका प्रतिनिधिसँग संवाद गरेको उल्लेख गरेका थिए । उनले अब बेरुततर्फ कुनै पनि सैनिक नपठाइने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्