स्वास्थ्यमन्त्री मेहता र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौँ, १८ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि चीनका राजदूत चाङ माउ मिङ्गबीच भेटवार्ता भएको छ । 

आज मन्त्रालयमा भएको भेटमा नेपाल–चीनबीच लामो समयदेखि रहँदै आएको घनिष्ठ सम्बन्ध तथा स्वास्थ्य क्षेत्रको सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटमा मन्त्री मेहताले नेपालका कठिन  विभिन्न परिस्थितिमा चीन सरकारले प्रदान गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्दै स्वास्थ्य क्षेत्रका विभिन्न परियोजनामा प्राप्त सहयोगको प्रशंसा गरिन् । उनले नवनियुक्त राजदूत चाङलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै चीनले हासिल गरेको उल्लेखनीय विकासबाट नेपालले पनि सिकेर अघि बढ्नुपर्ने धारणा राखिन् । 

भेटको अवसरमा राजदूत चाङले ठूलो जनादेशसहित गठन भएको वर्तमान सरकारलाई बधाई दिँदै नेपालको आर्थिक तथा सामाजिक विकासमा सरकारले महत्वपूर्ण उपलब्धि हासिल गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरे । उनले चीन सरकार नेपाल सरकारका प्राथमिकताका क्षेत्रमा सहयोग गर्न सदैव तयार रहेको बताएका छन् ।

राजदूत चाङले परम्परागत चिकित्सा प्रणाली, जनस्वास्थ्य, स्वास्थ्य पूर्वाधार विकास तथा खाद्य स्वच्छतासम्बन्धी विविध क्षेत्रमा क्षमता अभिवृद्धि, प्राविधिक सहयोग र अनुभव आदानप्रदान गर्न सकिने प्रस्ताव समेत राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ भदौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक विकासका लागि सूचना प्रविधि (आईटी) क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सरकारले पाँचवर्षे

काठमाडौँ, ९ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ सय रुपैयाँले

जनकपुरधाम, ९ भदौ । मधेश प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा उद्योग र वाणिज्यतर्फका एक हजार ९३८उद्योग व्यापार बन्द भएका

काठमाडौँ, ९ भदौ । भोजपुरमा कोदोको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । खेतीका लागि उपयुक्त जमिन र हावापानी