प्रधानमन्त्रीले तथ्यबिना बोलेका शब्दहरू संसद्को रेकर्डबाट हटाउन माग

काठमाडौँ, १८ जेठ । विपक्षी दलका सांसदहरुले प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभा बैठकमा भारतको सीमा नेपालले मिचेको छ भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् ।

आज प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै बोलेका कांग्रेस सचेतक निष्कल राई, एमालेका प्रमुख सचेतक ऐन महर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दलको नेता ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीले कि तथ्य पेस गर्नुपर्‍यो होइन भने रेकर्डबाट हटाउनुपर्‍यो भनेर अपिल गरेका हुन् । 

उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले करिब ३ करोड नेपालीको शिर निहुरिएको बताएका छन् । 

यदि प्रधानमन्त्री सत्य बोलेका भए कहाँ कहाँ नेपालले भारतको भूमि मिचेको एक–एक तथ्य आफूहरूलाई चाहिएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्। प्रारम्भिक अनुसन्धानका क्रममा बालिकालाई

काठमाडौँ, ३ भदौ । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये एकजनाको शव फेलापरेको छ । निर्मल

काठमाडौँ, ३ भदौ । सुर्खेतको बराहताल गाउँपालिका–४, घुमाउनेस्थित भेरी नदीमा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ