प्रधानमन्त्रीको अभिव्यक्तिबारे सदनमा आएर जवाफ दिनुपर्ने विपक्षी दलको माग

काठमाडौँ, १८ जेठ । विपक्षी दलको बैठकले विवादित अभिव्यक्तिबारे प्रधानमन्त्री बालेन शाहले सदनमा आएर जवाफ दिनुपर्ने माग गरेको छ।

बैठकबाट बाहिँरिदै रास्वपाका प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे सदनमा आएर स्पष्टीकरण पार्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘प्रधानमन्त्रीज्यूले नेपालले भारतको सीमा मिचेको भन्नुभयो, त्यो अभिव्यक्ति एउटा सार्वभौम संसद्मा गएर प्रधानमन्त्रीज्यूले दिनु हुँदैनथ्यो। परराष्ट्र मन्त्रालयले त्यसलाई सच्याउँदै क्रस बोर्डर अकुपेन्सीको कुरा गरेको छ । क्रस बोर्डर अकुपेन्सी र प्रधानमन्त्रीले भन्नुभयो कुरा धेरै फरक कुरा हो। उहाँले बोलेका स्टेटमेन्टलाई त्यति सामान्य रूपले लिन मिल्दैन। त्यसैले प्रधानमन्त्रीले यो कुरालाई फेरि पनि संसद्मा आएर नेपाली जनताबीच यस विषयमा आफ्नो स्पष्ट धारणा राख्नुपर्छ ।’

उनले प्रमाणित हुने हिसाबमा नेपालले भारतको सीमा नमिचेको बताइन्। १० गजाका छेउछाउमा हुने क्रस बोर्डर अकुपेन्सी भनेका ती फरक कुरा भएको जिकिर गरे । प्रतिपक्षको बैठकमा आफूहरू बाहिरिए पनि आफ्नो दलको बैठकमा गएर यस बारेमा थप धारणा राख्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्। प्रारम्भिक अनुसन्धानका क्रममा बालिकालाई

काठमाडौँ, ३ भदौ । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये एकजनाको शव फेलापरेको छ । निर्मल

काठमाडौँ, ३ भदौ । सुर्खेतको बराहताल गाउँपालिका–४, घुमाउनेस्थित भेरी नदीमा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ