सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती : श्रम संस्कृति पार्टी

काठमाडौँ, १८ जेठ । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को पछिल्लो अभिव्यक्तिले राष्ट्रघाती बदनियत प्रस्ट पारेको टिप्पणी गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत जानुअघि उक्त देशलाई रिझाउन हो या किन त्यस्तो अभिव्यक्ति दिएको ? भन्दै प्रश्न गरेका छन् । 

उनले विज्ञप्तिमा भनेका छन्, “कहिल्यै नआउने र नबोल्ने प्रधानमन्त्री सदनमा आएर रोस्ट्रममा उभिएर ‘नेपालले भारतको भूमि धेरै ठाउँमा मिचेको छ’ भन्ने अभिव्यक्ति दिनुले हाम्रो सीमा मिचिएको कुरालाई रफादफा गर्ने, लिपुलेक, लिम्पियाधुरा फिर्ता गर्नुपर्छ भन्ने हाम्रो मागलाई सामसुम पार्ने, नेपालले धेरै ठाउँका भूमि भारतलाई छोडिदिनुपर्ने राष्ट्रघाती बदनियत प्रस्ट पारेको छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्। प्रारम्भिक अनुसन्धानका क्रममा बालिकालाई

काठमाडौँ, ३ भदौ । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये एकजनाको शव फेलापरेको छ । निर्मल

काठमाडौँ, ३ भदौ । सुर्खेतको बराहताल गाउँपालिका–४, घुमाउनेस्थित भेरी नदीमा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ