इन्डोनेसियाको पपुवामा विस्फोट हुँदा ५ जनाको मृत्यु

एजेन्सी, १८ जेठ । इन्डोनेसियाको पूर्वी पपुवा क्षेत्रमा रहेको एक माछा मार्ने गाउँमा आइतबार भएको शक्तिशाली विस्फोटबाट कम्तीमा ५ जनाको ज्यान गएको छ भने करिब २० जना घाइते भएका छन् । प्रहरीले यो विस्फोट दोस्रो विश्वयुद्धकालीन बाँकी रहेको बम वा मोर्टारका कारण भएको हुनसक्ने आशङ्का गरेको छ ।

स्थानीय समयानुसार आइतबार दिउँसो भएको विस्फोटले गाउँभर ठूलो त्रास फैलाएको थियो । कोम्पास टिभीले प्रसारण गरेको दृश्यमा विस्फोटसँगै ठूलो गर्जन सुनिएको, आगोको ठूलो मुस्लो उठेको र त्यसपछि बाक्लो धुवाँको बादल आकाशतर्फ फैलिएको देखिएको छ । विस्फोट यति शक्तिशाली थियो कि घटनास्थल वरपरका नौवटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् ।

प्रहरीका अनुसार विस्फोट एउटा स्टिल्ट हाउस अर्थात् खम्बामाथि बनाइएको घरमुनि भएको थियो । प्रारम्भिक अनुसन्धानका आधारमा यसको स्रोत दोस्रो विश्वयुद्धताका प्रयोग भएको बम वा मोर्टार हुन सक्ने अनुमान गरिएको छ ।

पपुवा प्रहरीका प्रवक्ता काह्यो सुकार्निटोले एएफपीसँग कुरा गर्दै भने, “विस्फोटको स्रोत दोस्रो विश्वयुद्धबाट बाँकी रहेको बम वा मोर्टार हुनसक्ने आशङ्का गरिएको छ ।”

घटनापछि खोज तथा उद्धार कार्य जारी रहे पनि अवस्था अझै स्पष्ट भइसकेको छैन । तीन जना अझै बेपत्ता रहेको विवरण सार्वजनिक गरिएको छ । काह्योका अनुसार घटनास्थलबाट फेला परेका केही मानव अङ्गहरूको पहिचान प्रक्रिया पनि अझै पूरा हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको २७ सय रुपैयाँले

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ३५ अर्ब बराबरको छ महिने निक्षेप सङ्कलन गर्ने

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Exchange Rate for