सरकारले घटायो २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर

काठमाडौँ, १५ जेठ । सरकारले औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी वस्तुमा भन्दा कम्तीमा एक तह न्यून गरी २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको छ  ।

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो बताए ।

सरकारले विभिन्न ११ तहको भन्सार दर ७ तहमा सीमित गरेको छ । आगामी आर्थिक वर्ष (२०८३/०८४) को बजेट वक्तव्य वाचन गर्दै वाग्लेले करको सीमामा व्यापक हेरफेर गरिएको जनाएका हुन् ।

उनले कर पारिपालनमा दण्ड नभएर विकासको साझेदार बनाउने नीति सरकारले लिएको बताए । उनले विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज गरिएको घोषणासमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीका अन्सुअर सोमबार

हेटौंडा, ९ असार । खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१८ सुकौराका ३७ वर्षीय

झापा, ९ असार । झापाको गौरीगञ्जमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–३ सयपत्री

काठमाडौँ, ९ असार । बितेका २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा