आजबाट हलमा ‘रोल नं १’, ‘कुम्भ’ र ‘सेप अफ मोमो’

काठमाडौँ, १५ जेठ । फ्राइडे रिलिजअन्तर्गत आज तीनवटा नयाँ चलचित्र प्रदर्शनमा आएका छन् ।

‘रोल नं १’, ‘कुम्भ’ र ‘सेप अफ मोमो’ आजबाट प्रदर्शनमा आएका हुन् । 

जोन योञ्जनको निर्देशनमा तयार भएको ‘रोल नं १’मा मुकुन भुसाल, सुशांक मैनाली, रेणु नाथ योगी, एवन राज उप्रेती, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।

चलचित्र ‘कुम्भ’ आजैबाट प्रदर्शनमा आएको छ । यो चलचित्रलाई रन्धिर श्रेष्ठको लेखन तथा निर्देशन रहेको छ ।

चलचित्रमा अशोक आर्यन, सृष्टि खड्का, सुनील थापा, रोहित रुम्बा, सुशील पोखरेल, रोबर्ट सिंह, सुरेन्द्र ठाकुर, अफ्सना थापा, आरजे सापकोटा, मुन्ना सर्राफलगायत कलाकारहरूको अभिनय रहेको छ ।

सिक्किमकी युवा निर्देशक त्रिवेणी राईको डेब्यु फिचर चलचित्र ‘सेप अफ मोमो’ आजैबाट प्रदर्शनमा आएको छ ।

चलचित्रमा भानु माया राई, गौमाया गुरुङ, पशुपति राई, राहुल मुखिया र श्यामाश्री शेर्पाको अभिनय रहेको छ । निर्देशनसँगै त्रिवेणी राईले किस्ले राईसँग मिलेर पटकथा लेखेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । हेटौंडाबाट काठमाडौँ जाँदै गरेको विद्युतीय (ईभी) गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग

काठमाडौँ, ३० भदौ । रुपन्देहीको ओमसतिया गाउँपालिकाबाट प्रहरीले कटुवा पेस्तोल र छर्रासहित दुई जनालाई पक्राउ गरेको छ । विशेष गोप्य

काठमाडौँ, ३० भदौ । अवैध विद्युतीय चुरोट (भेप) सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–७ चाबहिल