ब्राजिलियन स्टार नेयमार पुनः घाइते

काठमाडौँ, १५ जेठ । ब्राजिलियन स्टार नेयमार पुनः घाइते भएका छन् ।

ब्राजिलियन फुटबल संघका अनुसार ‘काल्फ इन्जुरी’का कारण ३४ वर्षीय नेयमार दुईदेखि तीन साता मैदान बाहिर रहनेछन् । नेयमारले पानामा र इजिप्टसँगको मैत्रीपूर्ण खेल गुमाउने भएका छन् । नेयमार फिफा विश्वकप २०२६ को पहिलो खेलमा पनि देखिने छैनन् ।

पछिल्लो सयम चोटसँग संघर्ष गरिरहेका नेयमारले २०२३ यता ब्राजिलका लागि खेलेका छैनन् । नेयमारले ब्राजिलको लागि सर्वाधिक ७९ गोल गरेका छन् । साउदी क्लब अल हिलाल पुगेपछि नेयमार घाइते भएका थिए । त्यसयता उनी स्वभाविक लयमा छैनन् । 

फिफा विश्वकप जुन १२ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा हुँदै छ । ब्राजिलको समूह ‘सी’मा मोरक्को, हाइटी र स्कटल्यान्ड छन् । 

ब्राजिलले जुन १३ मा मोरक्कोसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ । ब्राजिलले जुन १९ मा हाइटी र जुन २४ मा स्टकल्यान्डको सामना गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर