काठमाडौँ, १४ जेठ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले विचार मिल्ने विभिन्न दलसँग एकता तथा सहकार्य गर्ने नीति लिएको छ ।
हालै बसेको केन्द्रीय समिति बैठकले विभिन्न राजनीति दल र मोर्चासँग एकता वार्ता गर्ने निर्णय गरेको हो । बैठकले एकता वार्ता गर्नको लागि केन्द्रीय सदस्य रकम चेम्जोङ, रेणु यादव र डा. सुरेन्द्रकुमार झालाई जिम्मेवारी दिइएको छ ।
जसपा नेपालले यसअघि लोसपा नेपालसँग पार्टी एकता गरेको थियो । सो पार्टीले जनमत, जसपासहित अन्य मधेशकेन्द्रित दलहरूसँग वार्ता गर्ने तयारी गरेको छ ।





