इरानमा फेरि अमेरिकाको आक्रमण

एजेन्सी, १४ जेठ । इरानमा अमेरिकाले फेरि आक्रमण गरेको छ । गएराति अमेरिकाले हर्मुज नजिक आफ्नो सेना र व्यावसायिक जल यातायातका लागि खतरा ठानिएका इरानी सैन्य संरचनाहरूलाई लक्ष्य गरेर आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ । 

इरानी पक्षले शहरको पूर्वी क्षेत्रमा तीन वटा विस्फोट भएको र वायु प्रतिरक्षा प्रणाली सक्रिय पारिएको जनाएको छ । यसअघि सोमबार पनि अमेरिकाले आफूले रक्षात्मक कारबाही गरेको जनाएको थियो । अमेरिका र इरानबीच तीन महिनादेखि जारी युद्ध अन्त्यका लागि वार्ता चलिरहेका बेला फेरि आक्रमण भएको हो । 

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र ओमानले संयुक्त रूपमा हर्मुज जलमार्गको जल यातायात व्यवस्थापन गर्ने सहमति भएको भन्ने इरानी सरकारी सञ्चारमाध्यमको दाबी अस्वीकार गर्नुभएको छ । 

हर्मुज जलमार्ग खुला रहने उहाँको भनाइ छ । इरान–अमेरिका युद्ध अन्त्यको लागि कतारमार्फत अप्रत्यक्ष वार्ता भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्