आधारभूत तहमा भर्ना दर ९८ प्रतिशत

काठमाडौँ, १३ जेठ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार विद्यालय शिक्षामा विद्यार्थीको पहुँचमा सुधार देखिएको छ । 

आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार शैक्षिक सत्र २०८२ मा आधारभूत तह (कक्षा १–८) को खुद भर्ना दर ९७.८ प्रतिशत पुगेको छ भने माध्यमिक तहमा यो दर ५१.६ प्रतिशत मात्रै रहेको छ । 

देशभर कुल विद्यालयको संख्या ३५ हजार ९ सय ५१ पुगेको छ । जसमा सामुदायिक विद्यालयको हिस्सा ७५.१ प्रतिशत र संस्थागत विद्यालयको हिस्सा २४.९ प्रतिशत छ ।

लैङ्गिक द‌ृष्टिकोणले हेर्दा आधारभूत तहमा लैङ्गिक समता सूचकाङ्क १.०२ छ, जसले छात्रको तुलनामा छात्राको उपस्थिति बढी रहेको संकेत गर्छ।

त्यस्तै आर्थिक सर्वेक्षण २०८२–८३ ले नेपालका ८५.४ प्रतिशत विद्यालयमा इन्टरनेट पुगेको देखाएको हो । यस्तै, ६९.६ प्रतिशतमा विद्युतको पहुँच पुगेको देखाएको छ । 

आर्थिक सर्वेक्षणअनुसार भूकम्पपछिको विद्यालय पुनर्निर्माणमा ठुलो सफलता देखाएको छ । ७ हजार ६ सय ७२ विद्यालयको निर्माण सम्पन्न भएको सर्वेक्षणमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच भेटवार्ता भएको छ

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्ष २०८३–८४ मा