सडक, खानेपानीजस्ता आधारभूत विषयमा समेत राजनीति गरिनु दुःखद : सभामुख अर्याल

काठमाडौँ, ११ जेठ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले पूर्वाधार विकासका विषयलाई राजनीतिक स्वार्थसँग जोड्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् । 

आज नागार्जुन नगरपालिकाद्वारा आयोजित वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी छलफल कार्यक्रममा सम्बोधन गर्दै सभामुख अर्यालले सडक, खानेपानीजस्ता आधारभूत आवश्यकताका विषयमा समेत राजनीति गरिनु दुःखद भएको उल्लेख गरे । 

उनले विगतका सरकारहरूले जनताको पक्षमा प्रभावकारी ढंगले काम गरेको भए राजधानीमै आज पनि आधारभूत आवश्यकताको पूर्तिबारे बहस गर्नुपर्ने अवस्था नआउने बताए । 

सभामुख अर्यालले नयाँ सरकार र ताजा जनादेशसहित आएका जनप्रतिनिधिहरूबाट पुराना गलत प्रवृत्ति दोहोरिन नहुने अपेक्षा व्यक्त गर्दै जनमुखी विकास, सुशासन र सेवा प्रवाहलाई प्राथमिकतामा राख्न आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने

काठमाडौँ, १० साउन । नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुदूरपश्चिमको गेटामा अवस्थित दशरथ चन्द

काठमाडौँ, १० साउन । त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र बाहिरिएको घटना अध्ययन गर्न गठित समितिको निष्पक्षतामाथि प्रश्न उठाउँदै त्रिवि केन्द्रीय क्याम्पस स्ववियूले

काठमाडौँ, १० साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ हजार ६