उपराष्ट्रपति यादव र सभामुख अर्यालबीच भेटवार्ता

काठमाडौँ, ११ जेठ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

आज बिहान लैनचौरस्थित उपराष्ट्रपति निवासमा भएको भेटका क्रममा समसामयिक राजनीतिक विषय, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, संसदको प्रभावकारी सञ्चालन तथा समसामयिक राष्ट्रिय मुद्दाका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार भेटमा लोकतान्त्रिक संस्थाहरूलाई थप सुदृढ बनाउने, संसदलाई जनमुखी र प्रभावकारी बनाउने तथा राजनीतिक स्थायित्व कायम गर्ने विषयमा समेत विचार आदानप्रदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, २९ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको विकास तथा राष्ट्रिय

काठमाडौँ, २९ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, २९ असार । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका विभिन्न चारवटा समितिको बैठक आज बस्ने भएको छ ।  संसद्

काठमाडौँ, २९ असार । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर यसप्रकार निर्धारण गरेको छ । Exchange Rate