विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेज नियमनका लागि नियमावली ल्याउँदैछौँँ: शिक्षामन्त्री

काठमाडौँ, १० जेठ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका क्याम्पसहरुलाई नियमन गर्न नयाँ नियामावली ल्याउन लागेको जानकारी दिएका छन् । 

आज आयोजित एक कार्यक्रममा बोल्दै उनले विदेशी विश्वविद्यालयसंवद्ध कलेजका सन्दर्भमा धेरै गुनासो आएकोले नियमन गर्नको लागि नियमावली ल्याउन लागेको जानकारी दिएका हुन् । 

उनकाअनुसार शिक्षा मन्त्रालयले नियमावलीको मस्यौदा तयार गरी अर्थ र कानून मन्त्रालयमा पठाएको छ । ती मन्त्रालयहरुको zvस्वीकृत तथा रायपछि मन्त्रिपरिषद्मा पेश गरिने उनले जानकारी दिए ।

विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजहरू प्रभावकारी रूपमा नियमन हुन नसकेको उनको भनाइ छ । विदेशी विश्वविद्यालयसंवद्ध कलेजलाई कुन आधारमा सम्बन्धन दिने, कुनलाई नदिने तथा नियमनको ढाँचा कस्तो हुने भन्ने विषय नियमावलीमार्फत स्पष्ट गर्ने उनले बताए ।

नेपाली विश्वविद्यालय र कलेजहरू नियमनमा रहेपनि विदेशी सम्बन्धन प्राप्त कलेजहरू व्यवस्थित रूपमा नियमन हुन नसकेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्

काठमाडौँ, २६ भदौ । आजदेखि नेपालका हलमा दुई नेपाली र दुई अन्तर्राष्ट्रिय फिल्म प्रदर्शनमा आएका छन् । नेपाली फिल्म ‘पेन्सन पट्टा’

काठमाडौँ, २४ भदौ । चलचित्र ‘अन्तिम दाउ’ निर्माणको घोषणा गरिएको छ । निर्माण पक्षले चलचित्रको थिम र मुख्य कलाकारहरूको क्यारेक्टर लुक्ससहित

काठमाडौँ, २२ भदौ । टिकटक भिडियो बनाउने क्रममा एक किशोरी महाकाली नदीमा बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार