अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति नेता पाण्डेको आपत्ति

काठमाडौँ, १० जेठ । राष्ट्रियसभाको ‘विकास, आर्थिक तथा सुशासन समिति’ को बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बुढीगण्डकी जलविद्युत आयोजनाको लागत र निर्माणका सम्बन्धमा व्यक्त गरेको विचारप्रति नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गम्भीर असहमति प्रकट गरेका छन् ।

आज नेता पाण्डेले एक प्रेस विज्ञप्ति जारी गर्दै अर्थमन्त्री जस्तो जिम्मेवार व्यक्तिबाट जनतामा निराशा पैदा गर्ने खालको अभिव्यक्ति आउनु दुःखद भएको बताएका छन् ।

आयोजनाको प्रारम्भिक सर्भेदेखि नै विशेष चासो राख्दै आएका पाण्डेले अर्थमन्त्री वाग्लेले प्रतिमेगावाट लागत बढी आउने भन्दै यसलाई सामान्य जलविद्युत आयोजनाको कोटामा राखेर मूल्याङ्कन गरेकोमा आपत्ति जनाए । विज्ञप्तिमा उल्लेख भएअनुसार ९ वर्ष पहिले नै नेपाल सरकारले १,२०० मेगावाट क्षमताको जलाशययुक्त आयोजना निर्माण गर्ने निर्णय गरिसकेको छ। 

यसका लागि गोरखा र धादिङका २७ गाविसका करिब ५३,००० रोपनी जमिन अधिग्रहण गरी ४३ अर्बभन्दा बढी रकम मुआब्जा वितरण भइसकेको छ भने विस्तृत सर्वेक्षणमा समेत अर्बौँ खर्च भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने

काठमाडौँ, १० साउन । नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुदूरपश्चिमको गेटामा अवस्थित दशरथ चन्द

काठमाडौँ, १० साउन । त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र बाहिरिएको घटना अध्ययन गर्न गठित समितिको निष्पक्षतामाथि प्रश्न उठाउँदै त्रिवि केन्द्रीय क्याम्पस स्ववियूले

काठमाडौँ, १० साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ हजार ६