कान्स फिल्म फेस्टिभलमा ‘एलिफेन्ट्स इन द फग’लाई ‘जुरी प्राइज’

काठमाडौँ, १० जेठ । विश्व प्रतिष्ठित फिल्म महोत्सव कान्समा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले ‘जुरी प्राइज’ जितेको छ ।

फ्रान्समा भएको ७९औँ कान्स फिल्म फेस्टिभलमा यो फिल्मले दोस्रो महत्त्वपूर्ण विधा ‘अन सर्टेन रिगार्ड’तर्फ क्लोजिङ सेरोमनीमा यो अवार्ड जितेको हो ।

अविनाशविक्रम शाह निर्देशित चलचित्र ‘एलिफेन्ट्स इन द फग’ नेपालको एक गाउँमा बसोबास गर्ने लैंगिक अल्पसंख्यक समुदायले गरेको संघर्षको कथामा आधारित छ । फिल्ममा पुष्पा थिङ, दीपिका यादव, जस्मिन विश्वकर्मा, शान्ति गिरी, गौरी मल्ल, माओत्से गुरुङ, सञ्जय गुप्ता दुरा, महिमा नवबाग र आकांक्षा कार्कीलगायतको अभिनय छ ।

कान्समा छानिएको नेपाली फिचर चलचित्र यो नै पहिलो हो । यसअघि शाहले नै निर्देशन गरेको सर्ट फिल्म ‘लोरी’ले कान्सको ७५औँ संस्करणमा ‘स्पेसल मेन्सन’ अवार्ड जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । हेटौंडाबाट काठमाडौँ जाँदै गरेको विद्युतीय (ईभी) गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग

काठमाडौँ, ३० भदौ । रुपन्देहीको ओमसतिया गाउँपालिकाबाट प्रहरीले कटुवा पेस्तोल र छर्रासहित दुई जनालाई पक्राउ गरेको छ । विशेष गोप्य

काठमाडौँ, ३० भदौ । अवैध विद्युतीय चुरोट (भेप) सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–७ चाबहिल