किसानलाई मल बिक्री–वितरण

कञ्चनपुर, १० जेठ । कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर शाखामा मौज्दात रहेको रासायनिक मल वितरणको प्रक्रिया अगाडि बढाइएको छ ।

शाखाले मौज्दात मलको पुनः कोटा निर्धारण गरी सहकारी संस्थामार्फत किसानलाई उपलब्ध गराउने तयारी गरेको छ । हाल शाखाको गोदाममा एक हजार मेट्रिक टन युरिया, ५०० मेट्रिक टन डिएपी र १५० मेट्रिक टन पोटास मौज्दात रहेको छ ।

शाखा प्रबन्धक हेमराज जोशीले सहकारीमार्फत कोटा प्रणालीअनुसार किसानलाई मल बिक्री–वितरण गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । उनले भने, “कार्यविधिअनुसार सहकारीले तोकिएको कोटाको मल दश दिनभित्र उठाइसक्नुपर्ने हुन्छ । निर्धारित समयमा मल नउठाउँदा गोदाममा मौज्दात रहन गएको छ ।”

उनका अनुसार गत साउनदेखि हालसम्म शाखाले युरियाको नौ कोटा र डिएपीको सात कोटा वितरण गरिसकेको छ । एक कोटा बराबर ५०० मेट्रिक टन मल हुने उनले जानकारी दिए । मौज्दात रहेको मल पुनः वितरणका लागि प्रदेश मल वितरण व्यवस्थापन समितिलाई कोटा निर्धारण गरिदिन पत्राचार गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २९ असार । इरानले नयाँ आक्रमणहरूका बिच स्ट्रेट अफ होर्मुज बन्द भएको घोषणा गरे पनि अमेरिकाले भने उक्त जलमार्ग खुला नै

एजेन्सी, २८ असार । अमेरिका र इरानबिच सैन्य आक्रमण भइरहेका बेला आइतबार ओमानमा पनि ड्रोन आक्रमण भएको समाचार सार्वजनिक भएको छ

दोहा, २८ असार । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख तामिम बिन हमद अल थानीका पिता शेख खलिफा

एजेन्सी, २८ असार । इरानले होर्मुज जलमार्ग अर्को सूचना नभएसम्मका लागि बन्द गरेको घोषणा गरेको छ । यो घोषणापछि अमेरिकाले इरानमाथि