ह्वाइट हाउस नजिकै गोली चलेपछि सुरक्षा सतर्कता उच्च

एजेन्सी, १० जेठ । अमेरिकाको राष्ट्रपतिको सरकारी निवास ह्वाइट हाउस नजिकै गोली चलेको खबर सार्वजनिक भएपछि सुरक्षा सतर्कता उच्च पारिएको छ ।

सुरक्षा निकायहरूले यस घटनाप्रति तत्काल रेस्पोन्स गरेका छन् । हालसम्म यस घटनामा कोही घाइते भएको विवरण भने प्राप्त भएको छैन ।

एफबीआईका निर्देशक काश पटेलले सामाजिक सञ्जालमा पोस्ट गर्दै सुरक्षा अधिकारीहरूले गोली चलेको घटनामा रेस्पोन्स गरिरहेको र यसबारे थप जानकारी प्राप्त हुनासाथ सार्वजनिक गरिने बताएका छन् ।

गोलीबारीको घटना हुँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्रै रहेको बताइएको । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले ह्वाइट हाउस क्षेत्रमा आवतजावत बन्द गरी घेराबन्दी गरेको छ भने नेशनल गार्डका सैनिकहरूले वासिङ्टनको मुख्य क्षेत्रमा पत्रकारहरूलाई प्रवेश गर्न रोक लगाएका छन् । समाचार संस्था अल जजीराका अनुसार ह्वाइट हाउसको ‘नर्थ लन’ (उत्तरतर्फको चौर) नजिकैबाट ३० राउन्डभन्दा बढी गोली चलेको आवाज सुनिएको थियो । हाल ह्वाइट हाउसलाई विभिन्न आपत्कालीन सवारी साधन र सुरक्षा निकायहरूले घेरेका छन् । घटनाको समयमा राष्ट्रपति ट्रम्प ‘ओभल अफिस’ भित्र रहेको बुझिए पनि ह्वाइट हाउसले उनको अवस्थाबारे हालसम्म आधिकारिक रूपमा कुनै पुष्टि वा जानकारी सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० जेठ । ललितपुर महानरपालिका–१५ ज्ञाननगर टोलमा गाडीले ठक्कर दिँदा ८ वर्षीया बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी

काठमाडौँ, १० जेठ । लागु औषधसहित ललितपुरबाट दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका

काठमाडौँ, १० जेठ । सर्लाहीको बागमती नदीमा बेपत्ता भएका पाँच जना युवकमध्ये दुई जनाको शव भेटिएको छ भने अन्य तीन जना

काठमाडौँ, १० जेठ । अविरल वर्षापछि खसेको पहिरोले घर बगाउँदा पाँचथरको याङवरक गाउँपालिका–१ का चार परिवार विस्थापित भएका छन् । पहिरोले