अमेरिका र ईरानबीच शान्ति वार्ताको तयारी तीव्र

एजेन्सी, ९ जेठ । पाकिस्तानका सेना प्रमुख आसिम मुनीर इरानको राजधानी तेहरान पुग्नु भएको छ । 

मुनीर हिजो तेहरान पुगेको पाकिस्तानी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उहाँले इरान–अमेरिका वार्ता, क्षेत्रीय शान्ति तथा अन्य महत्त्वपूर्ण विषयमा छलफल गर्ने पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । यस्तै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि आसिम मुनीरसँग निरन्तर सम्पर्क भइरहेको बताउनुभएको छ । 

उहाँले इरानसँग चाँडै कुनै समझदारी बन्न सक्ने आशा पनि व्यक्त गर्नुभएको खबरमा उल्लेख छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिका–इरान वार्तामा केही सकारात्मक संकेत देखिएको समेत बताउनु भएको छ । तर, इरानको युरेनियम भण्डारण र हर्मुज जलमार्गको नियन्त्रणजस्ता संवेदनशील विषयमा अझै सहमति हुन सकेको छैन । 

अराघचीले सामाजिक सञ्जाल एक्समार्फत वर्तमान तनावपूर्ण अवस्थाकाबीच पनि वार्ता प्रक्रियाप्रति आफू आशावादी रहेको बताउनु भएको  छ । दुई देशबीचको युद्धले अहिलेसम्म ठूलो आर्थिक र मानवीय क्षति पुर्‍याएको छ । विश्वभर तेल आपूर्तिमा अवरोधसँगै मूल्य तीव्र रूपमा बढेको छ । 

इरानको तेल निर्यात लगभग ठप्प हुँदा उसको अर्थतन्त्रमा ठूलो दबाब परेको छ भने अमेरिका र युरोपमा पनि मुद्रास्फीति तथा इन्धन खर्च बढेको छ । खाडी क्षेत्रका धेरै देशमा व्यापार, हवाई सेवा र पर्यटन प्रभावित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्