अमेरिकामा अब ग्रीन कार्ड पाउन अमेरिका बाहिरबाटै आवेदन दिनुपर्ने

एजेन्सी, ९ जेठ । अमेरिकाले आफ्नो आप्रवासन नीतिमा फेरबदल गर्दै अब धेरैजसो ग्रीन कार्ड (स्थायी बसोबास अनुमति) आवेदकहरूले अनिवार्य रूपमा अमेरिका छोडेर आफ्नै देशबाट आवेदन दिनुपर्ने नियम ल्याएको छ। 

अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (USCIS) ले शुक्रबार घोषणा गरेको यो नयाँ नीति अनुसार, अब ‘असाधारण परिस्थिति’ बाहेक अन्य अवस्थामा अमेरिकाभित्रै बसेर स्टेटस परिवर्तन गरी ग्रीन कार्ड प्राप्त गर्न पाइने छैन। उम्मेदवारहरूले आफ्नो देशमा रहेको अमेरिकी दूतावास वा कन्सुलर कार्यालयमार्फत ‘कन्सुलर प्रोसेसिङ’ पूरा गर्नुपर्नेछ।

ट्रम्प प्रशासनको यो कदमलाई अवैध आप्रवासन नियन्त्रण गर्ने प्रयासको रूपमा हेरिएको छ। यसअघि पर्यटक, विद्यार्थी वा अस्थायी कामदार भिसामा अमेरिका पुगेका व्यक्तिहरूले त्यहीँ बसेर ग्रीन कार्डका लागि आवेदन दिन पाउने कानुनी छिद्र  प्रयोग गर्दै आएका थिए। 

USCIS का प्रवक्ता ज्याक कालहलरले भनेका छन्, “अबदेखि अस्थायी रूपमा अमेरिकामा रहेका र ग्रीन कार्ड चाहने विदेशीहरूले असाधारण परिस्थिति बाहेक आफ्नै देश फर्केर आवेदन दिनुपर्नेछ। भिसामा घुम्न आउनुलाई ग्रीन कार्ड लिने पहिलो खुड्किलो बनाइनु हुँदैन।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० साउन । धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ मा गएराति मोटरसाइकल पल्टिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

काठमाडौँ, १० साउन । झापामा मुखभित्र लागूऔषध खैरो हेरोइन लुकाएर नेपाल प्रवेश गर्दै गरेका एक युवक पक्राउ परेका छन् । जिल्ला

काठमाडौँ, १० साउन । दाङको राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार

काठमाडौँ, १० साउन । कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार शुद्धोधन