‘लालीबजार’ प्रदर्शनको तेस्रो सातामा प्रवेश

काठमाडौँ, ८ जेठ । नेपाली फिल्म ‘लालीबजार’ शुक्रबारबाट प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । 

गत वैशाख २५ गतेबाट प्रदर्शनमा आएको यो फिल्मले अहिलेसम्म ५ करोड २५ लाख रुपैयाँको ग्रस कलेक्सन गरिसकेको निर्माण कम्पनी षट्कोण आर्ट्सले जनाएको छ । कम्पनीका सीईओ म्याक्स दीपेश खत्रीका अनुसार फिल्मले जेठ ७ गते बेलुकी ११:५९ बजेसम्ममा उक्त ग्रस कलेक्सन गरेको हो ।

निर्माता खत्रीले फिल्मले नेपालभर पाइरहेको माया आफूहरूका लागि अमूल्य रहेको बताएका छन् । आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई दर्साइएको यो फिल्मलाई आम दर्शकले राम्रोसँग बुझेको उनको भनाइ छ । उनले प्रदर्शनको पहिलो साताको तुलनामा दोस्रो सातामा १० प्रतिशत बढी दर्शकले फिल्म हेरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्

काठमाडौँ, ३० भदौ । न्यायपरिषद्ले उच्च अदालतमा तीनजना न्यायाधीशको नाम सिफारिस गरेको छ । न्यायपरिषद्ले सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेललाई न्यायाधीशको