आजबाट हलमा ‘काजी’ र ‘मितज्यू’

काठमाडौँ, ८ जेठ ।  चलचित्र ‘काजी’ र ‘मितज्यू’ आजबाट प्रदर्शनमा आएका छन् ।

फ्राइडे रिलिजअन्तर्गत आजबाट ‘काजी’ र ‘मितज्यू’ प्रदर्शनमा आएका हुन् । ‘काजी’मा विपीन र केकीसहित गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपानेलगायतको अभिनय छ । 

सिनेमालाई लक्ष्मण रिजालले निर्देशन गरेका छन् । प्रदीप भारद्धाजको लेखन रहेको चलचित्रमा चिन्तन राजभण्डारीको छायांकन छ । 

चलचित्र ‘मितज्यू’को मुख्य भूमिकामा सौगात मल्ल, दयाहाङ राई र तेरिया मगर छन् । चलचित्रमा अभिनेताद्वय सौगात, दयाहाङ र तेरियासँगै  खड्गबहादुर पुन मगर, शिशिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायतको अभिनय रहेको छ ।

अनिल बुढा मगरले निर्देशन गरेको चलचित्रलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । चलचित्रलाखई लोकेश बज्राचार्यले सम्पादन गरेका छन् । शिशिर बिशंखेको सिनेमेटोग्राफी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्

काठमाडौँ, ३० भदौ । न्यायपरिषद्ले उच्च अदालतमा तीनजना न्यायाधीशको नाम सिफारिस गरेको छ । न्यायपरिषद्ले सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेललाई न्यायाधीशको