कर्तव्य पूरा गर्न नसक्ने प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्दा राम्रो : हर्क साम्पाङ

काठमाडौँ, ७ जेठ । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो कर्तव्य पूरा गर्न नसक्ने भए मार्ग प्रशस्त गर्दा राम्रो हुने बताएका छन् ।

आज प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिकै आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाएपछि सभामुख डोलप्रसाद अर्यालले उनलाई बोल्न समय दिएका थिए । 

सांसद राईले संसद् नियमावलीमा सांसदले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले ७ दिनभित्र दिनुपर्ने भए पनि वैशाख २८ गते राखेका प्रश्नको जवाफ आफूहरूले अझसम्म नपाएको बताए । उनले गृह र रक्षा मन्त्रालय प्रधानमन्त्री शाहले राखेकाले आफूहरूले उठाएका लिपुलेकको सीमा र सुरक्षासम्बन्धी प्रश्नका जवाफ प्रधानमन्त्री शाह स्वयं प्रतिनिधि सभामा आएर दिनुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ साउन । मोरङको केराबारी गाउँपालिका–५ शान्ति चोकमा टिपरको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, १ साउन । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनः सञ्चालनमा ल्याइएको छ ।काग, गिद्ध, हाँसलगायत पक्षीमा बर्डफ्लू

काठमाडौँ, १ साउन । साउन महिना सुरु भएसँगै देशभर हरियो चुरापोते तथा मेहन्दीको व्यापार बढेको छ । महिलाले हातमा मेहन्दी

काठमाडौँ, १ साउन । काठमाडौँको कपनमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति करिब