कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत

काठमाडौँ, ७ जेठ । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।

पार्टी सभापति गगनकुमार थापाले उपसभापति पुष्षा भुसालको संयोजकत्वमा गठित प्रदेश तथा स्थानीय तह निर्वाचनकेन्द्रित कांग्रेस निर्वाचन ब्युरोको सदस्यमा उक्त संख्यामा सदस्यहरू मनोनीत गरेका हुन् । ब्युरोमा मनोनीत हुनेमा जीवन परियार, अब्दुल सत्तार, नानु बास्तोला, सन्दीप राना, वंशलाल तामाङ, प्रकाश तिवारी, महेश ढुंगेल, दीपक महतो, हरि पोखरेल, सुदर्शन आचार्य, रोहित पौडेल, डा. भूमिराज चापागाईं, सिद्धार्थ थापा, नवराज त्रिपाठी, तेजविनोद पौडेल, जगनाथ लामिछाने र मिलनराज बर्तौला रहेका छन् । 

ब्युरोले मतदाता र वस्तुस्थिति विश्लेषण गरी उमेदवार छनोट प्रणाली वैज्ञानिक र तथ्यपरक बनाउने, स्पष्ट र प्रभावकारी निर्वाचन रणनीति तय गर्ने जिम्मेवारी प्राप्त गरेको छ । पार्टीको देशव्यापी निर्वाचन डाटाबेस निर्माण गर्ने, निर्वाचन तयारीलाई तथ्यांक–आधारित र वैज्ञानिक बनाउने, ७५३ स्थानीय तह, ६,७४३ वडा र सात प्रदेशस्तरमा विस्तृत निर्वाचन योजना तयार गर्ने उद्देश्यसहित ब्युरो सदस्य मनोनयन गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए । देशव्यापी निर्वाचन डाटाबेस निर्माण, वैज्ञानिक उमेदवार छनोट प्रणाली, मतदाता भावना आधारित घोषणापत्र निर्माण हुने पार्टीको अपेक्षित उपलब्धिहरू छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, २९ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको विकास तथा राष्ट्रिय

काठमाडौँ, २९ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, २९ असार । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका विभिन्न चारवटा समितिको बैठक आज बस्ने भएको छ ।  संसद्

काठमाडौँ, २९ असार । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर यसप्रकार निर्धारण गरेको छ । Exchange Rate