गोसाइँकुण्डमा गङ्गादशहरा मेला सुरु

काठमाडौँ, ७ जेठ । रसुवामा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा गङ्गादशहरा पर्वको अवसर पारेर वार्षिक विशेष मेला सुरु भएको छ ।

हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्था र मोक्ष प्राप्तिको केन्द्र मानिने गोसाइँकुण्डमा भगवान् शिवको दर्शन तथा स्नान गर्न देश–विदेशबाट भक्तजन आउन थालेका छन् ।

जेठ ३ गतेदेखि सुरु भएको मेला जेठ १२ गतेसम्म चल्नेछ । चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाका अनुसार हालसम्म तीन सयभन्दा बढी तीर्थयात्री कुण्ड क्षेत्रमा पुगिसकेका छन् । यस वर्ष करिब पाँच हजार भक्तजन आउने अनुमान गरिएको छ ।

पुराणमा उल्लेख भएअनुसार देवता र दानवबीच समुद्र मन्थन हुँदा निस्किएको कालकूट विषले सृष्टि विनाश हुन लाग्दा भगवान् शिवले उक्त विष आफ्नो कण्ठ (घाँटी) मा धारण गरे । विषको डाह शान्त पार्न शीतल स्थानको खोजी गर्दै हिमालय क्षेत्र आइपुगेका शिवले त्रिशूलले प्रहार गर्दा निस्किएको जलबाट गोसाइँकुण्ड बनेको जनविश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० साउन । विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । धनुषा प्रहरीका अनुसार पक्राउ परेका मध्ये १०

जनकपुरधाम, ३० साउन । लागु औषध खैरो हिरोइनसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, ३० साउन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका

काठमाडौँ, ३० साउन । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र