वर्तमान सरकार पूर्ण कार्यकाल टिक्दैन: सांसद सिंह

काठमाडौँ, ७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले बालेन शाह नेत्तृत्वको सरकारको सत्ताको उन्मादले गर्दा संविधान र परम्पराको उल्लंघन भइरहेको आरोप लगाएका छन् ।

हिमालयन टेलिभिजनमा बुधबार प्रसारित एक अन्तर्वार्ताका क्रममा सांसद सिंहले वर्तमान सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै नेपाल ‘पाकिस्तानी मोडल’को प्रजातन्त्रतर्फ उन्मुख भएको टिप्पणी गरेका छन् । नेपालको राजनीतिक इतिहासमा दुई तिहाइ र बहुमतका सरकारहरू सफल नभएको उदाहरण दिँदै उनले वर्तमान सरकार पनि पूर्ण कार्यकाल टिक्नेमा आशंका व्यक्त गरे । उनले नेपालमा ‘पुलिस स्टेट’ हाबी हुन खोजेको भन्दै पाकिस्तानमा जस्तै संसद्लाई कमजोर बनाउने खेल भइरहेको बताए । वर्तमान राजनीतिक अन्योल र संवैधानिक संकटका कारण आगामी स्थानीय तहको निर्वाचनसम्म यही संविधान रहला कि नरहला भन्नेमा समेत उनले गम्भीर आशंका व्यक्त गरेका छन् ।

संसद्लाई छलेर अघि बढ्ने र विधिको शासनलाई बेवास्ता गर्ने प्रवृत्तिका कारण लोकतन्त्र जोखिममा परेको दाबी गरे । पछिल्लो समय व्यवसायीहरूलाई कानुनी प्रक्रिया र पर्याप्त आधारबिना पक्राउ गर्ने र भोलिपल्टै छोड्ने परिपाटीले अर्थतन्त्रमा नकारात्मक असर परेको सिंहको विश्लेषण छ । ‘जसरी विधिको शासन मिचेर व्यापारीहरूलाई थुन्ने काम भइरहेको छ, यसले लगानीकर्तामा डर पैदा गरेको छ,’ उनले भने, ‘यही कारण नेपालको अर्बौं रुपैयाँ विदेश पलायन भइसकेको छ ।’

सुकुमवासी बस्ती हटाउने सरकारको कार्यशैलीको विरोध गर्दै उनले उचित विकल्पबिना संरचना भत्काउनु गलत भएको बताए । उनले सरकार मधेसका समस्याप्रति असंवेदनशील बनेको र मधेसबाटै प्रतिनिधित्व गर्ने नेतृत्वले पनि सीमा क्षेत्रका पीडा बुझ्न नसकेको भन्दै आक्रोश पोखे । त्यस्तै, छिमेकी मुलुकहरूसँगको सम्बन्धको चर्चा गर्दै सिंहले केपी शर्मा ओलीको पालामा भन्दा अहिले भारत र चीनसँगको भू–राजनीतिक सन्तुलन खलबलिएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ साउन । सर्लाहीको बागमती नगरपालिका–५ टेकानी स्थित ससुरालीमा श्रीमतीलाई कुटपिट गरी साडीको पासो लगाएर ज्यान मार्ने उद्योग गर्ने एक

काठमाडौँ, १२ साउन । काठमाडौँको टेकुस्थित सार्वजनिक स्थानमा सर्वसाधारणलाई दुःख-हैरानी दिने र अभद्र व्यवहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौँ, १२ साउन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ हजार ३

काठमाडौँ, १२ साउन । काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । उपत्यका ट्राफिक प्रहरी महाशाखा