नेप्से दोहोरो अंकले बढ्यो

काठमाडौँ, ६ जेठ । आज सेयर बजार दोहोरो अंकले बढेको छ ।

आज बजार ३०.०८ अंक (१.१० प्रतिशत)ले बढेको हो । यससँगै बजार मापक २७५४.४८ विन्दुमा पुगेको छ । अघिल्लो दिन मंगलबार बजार ६.५१ अंकले घट्दा नेप्से २७२४.३९ विन्दुमा झरेको थियो ।

यसदिन हरियाली छाएको सेयर बजारमा ३४६ कम्पनीको कारोबार हुँदा २४९ कम्पनीको सेयर मूल्य बढेको छ । तर, २१ कम्पनीको सेयर मूल्य घटेको छ  ।

बुधबार कुल तीन अर्ब ८० करोडको कारोबार हुँदा १ करोड ६ लाख ४० हजार ५०८ कित्ता सेयर किनबेच भयो । अघिल्लो दिनको कारोबारमा तीन अर्ब आठ करोड ७७ लाख ३० हजार ९६२ रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

बुधबार सबैभन्दा धेरै कमाउने पाँच कम्पनीमा अपर लोहोर खोला हाइड्रोपावर, माउन्टेन्ट हाइड्रोपावर, बुंगल हाइड्रोपावर, शिखर पावर लिमिटेड र सिटी होटल लिमिटेड रहेको छ । यसमध्ये धेरै कमाएको अपर लोहोर खोला हाइड्रोपावरको १५ प्रतिशत सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ जेठ । आज सेयर बजार दोहोरो अंकले बढेको छ । आज बजार ३०.०८ अंक (१.१० प्रतिशत)ले बढेको हो ।

काठमाडौँ, ६ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई सदनप्रति जिम्मेवार बनाउन आफूहरूले कोसिस गरिरहेको प्रष्ट पारेका छन्

काठमाडौँ, ६ जेठ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गरी युवा शक्तिलाई देशभित्रै अवसर

काठमाडौँ, ६ जेठ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमल्सिनाले प्रेसलाई नियन्त्रित गर्ने सरकारको कुनै मनसाय नरहेको स्पष्ट गरेका छन्