संसदमा हाम्रो विरोध ५ वर्ष नै चल्छ : हर्क साम्पाङ

काठमाडौँ, ६ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई सदनप्रति जिम्मेवार बनाउन आफूहरूले कोसिस गरिरहेको प्रष्ट पारेका छन् । संसद बैठकमा पर्चा देखाएर गरेको प्रदर्शन जारी राख्ने उनले बताए ।

आज पनि प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले पर्चा देखाएर विरोध जनाएका थिए । सभामुखले उनीहरूलाई आइन्दा यस्तो व्यवहार नगर्न चेतावनी पनि दिए । तर, सदनबाट बाहिर निस्किएर सञ्चारकर्मीहरूसँग कुरा गर्दै साम्पाङले विरोध गर्न जारी राख्ने बताएका हुन् ।

उनले भने, ‘जबसम्म सरकार जिम्मेवार हुँदैन, हामी पछि हट्दैनौँ । हाम्रो विरोध पाँच वर्ष नै चल्छ ।’ आफूहरूले सुकुमबासी, लिपुलेक, विदेशी ऋणलगायत विषयमा प्रश्न सोधेको तर मन्त्रीहरूले जवाफ नदिएको उनले बताए ।

उनले भने, ‘हामीले उत्तर पाएका छैनौँ । उहाँहरू आउनुहुन्न । हामीले दबाब दिएपछि आज बल्ल २-४ जना मन्त्री आउनुभो । हामी प्रत्येक दिन नै प्रश्न गर्छौँ,’ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, २९ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको विकास तथा राष्ट्रिय

काठमाडौँ, २९ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, २९ असार । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका विभिन्न चारवटा समितिको बैठक आज बस्ने भएको छ ।  संसद्

काठमाडौँ, २९ असार । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर यसप्रकार निर्धारण गरेको छ । Exchange Rate