स्वदेशमै रोजगारी सिर्जना गर्नु सरकारको पहिलो प्राथमिकता : मन्त्री यादव

काठमाडौँ, ६ जेठ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गरी युवा शक्तिलाई देशभित्रै अवसर उपलब्ध गराउनु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । 

आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री यादवले सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने मात्र नभई देशभित्रै रोजगारीको विकल्प खोज्ने कुरामा मन्त्रालय पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे । 

उनले यसका लागि सिपयुक्त जनशक्ति उत्पादन गर्न विभिन्न रोजगारमूलक तालिम सञ्चालन गर्ने विषयमा सरकारले सम्बन्धित निकायहरूसँग निरन्तर छलफल गरिरहेको जानकारी दिए ।

उनले वैदेशिक रोजगारको क्षेत्रमा रहेका ४० हजारभन्दा बढी ठगीका उजुरीहरू समय सीमा नै तोकेर फछ्र्यौट गर्ने र आगामी साउनदेखि सेवाहरू अनलाइन प्रणालीबाट सञ्चालन गर्ने घोषणा गरे । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको सुरक्षाप्रति सरकार अत्यन्तै चनाखो र संवेदनशील रहेको मन्त्री यादवको भनाइ छ । 

उनले भने, ‘विदेशमा कामको सिलसिलामा घाइते भएका, अस्पतालमा उपचाररत रहेका तथा उद्धारको पर्खाइमा रहेका श्रमिकहरूको विषयमा सरकारले गम्भीरतापूर्वक उद्धार र राहतको पहल गरिरहेको छ । त्यो विषयमा संवेदनशील छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० साउन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका

काठमाडौँ, १० साउन । झापामा मुखभित्र लागूऔषध खैरो हेरोइन लुकाएर नेपाल प्रवेश गर्दै गरेका एक युवक पक्राउ परेका छन् । जिल्ला

काठमाडौँ, १० साउन । दाङको राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार

काठमाडौँ, १० साउन । काठमाडौँको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची