३० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

काठमाडौँ, ६ जेठ । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि ९१ दिने निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप तान्न लागेको हो । यसअघि, जेठ १ गते ४२ दिनको लागि ४५ अर्ब रुपैयाँ निक्षेप संकलन बोलकबोल तथा निष्कासन भएको थियो । 

केन्द्रीय बैंकको तथ्यांकअनुसार अहिले बैंक तथा वित्तिय संस्थाहरूसँग निक्षेप ७९ खर्ब ७२ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । तर, यसबीच कर्जाको माग धेरै कम भएकाले अझै प्रणालीमा अधिक लगानीयोग्य रकम (तरलता) छ । यसले केन्द्रीय बैंकले विभिन्न उपकरण जारी गर्दै प्रणालीबाट रकम खिच्ने गरेको हो ।
 
आजै दिउँसो ३ गते बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ भदौ ३ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । जसमा बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एकपटकको नेपाली, सधैँको नेपाली’ हौँ भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन

काठमाडौँ, १० साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो समय सांसदहरुमाथि भइरहेको आक्रमणको निन्दा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत

काठमाडौँ, ९ साउन । सभामुख डोलप्रसाद अर्यालले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ ले नेपालको अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण, सम्वर्द्धन, विकास

जनकपुरधाम, ९ साउन । धनुषा प्रहरीले जिल्लाको धनुषाधाम नगरपालिका–५ ९०० बिघास्थित वडा सदस्य सुरेश साहको घरबाट करिब ४०० बोरा डिएपी डिएपी