सरकारले सुकुम्वासीमाथि अमानवीय हमला गर्‍यो : सांसद बराल

काठमाडौँ, ६ जेठ । नेकपा (एमाले)का सांसद गुरुप्रसाद बरालले सरकारले सुकुम्वासीमाथि अमानवीय व्यवहार गरेको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले सरकारले पर्याप्त तयारी र भरपर्दो बसोबासको व्यवस्था नगरी सुकुम्वासीलाई उनीहरू बसोबास गरिरहेको स्थानबाट हटाएको भन्दै आपत्ति जनाए । सांसद बरालले सरकारको कदमलाई सुकुम्वासीमाथि गरिएको ‘ठूलो अमानवीय हमला’को संज्ञा दिए । उनले अस्थायी बसोबासका लागि सरकारले दिने भनेको २५ हजार रुपैयाँले समस्या समाधान नहुने उल्लेख गरे । उनले सरकारले जेठ, असार र साउन गरी तीन महिनासम्म प्रतिपरिवार १५/१५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय व्यावहारिक नभएको बताए । उनले सुकुम्वासीको दीर्घकालीन व्यवस्थापनका लागि सरकारले ठोस योजना ल्याउनुपर्ने माग समेत गरे ।

‘पाँच जनाको परिवारलाई हिसाब गर्दा प्रतिव्यक्ति दैनिक करिब एक सय रुपैयाँ मात्रै पर्छ । यस्तो रकमले काठमाडौँ आसपासमा कसरी जीवनयापन सम्भव हुन्छ ?’ उनले प्रश्न गर्दै भने, ‘उनीहरू जहाँ बसिरहेका थिए, त्यही नै उनीहरूको अस्थायी बसोबास थियो । अब स्थायी व्यवस्थापन गर्नुपर्ने बेला सरकारले जबरजस्ती हटाएको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २५ भदाै । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारी

काठमाडौँ, २५ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेनको सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाएका छन्। पोखरेलले सामाजिक सञ्जालमार्फत

स्याङ्जा, २५ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्

काठमाडौँ, २५ भदौ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै