काभ्रेको सुरक्षा जिम्मेवारी ‘अब्बल’ प्रहरी उपरीक्षक कार्कीलाई

काभ्रेपलाञ्चोक, ६ जेठ । जिल्लाका जनता तथा सम्पूर्ण क्षेत्रको महत्वपूर्ण जिम्मेवारी नेपाल प्रहरीका प्रहरी उपरीक्षक रविन कार्कीले सम्हाल्नुभएको छ ।

महाराजगंज काठमाडौँमा उत्कृष्ट कार्यसम्पादन गर्नुभएका कार्कीलाई प्रहरी प्रधान कार्यालय काठमाडौँले जेठ २ गते काभ्र जिल्लाको प्रहरी प्रमुखको रुपमा जिम्मेवारी प्रदान गरी सरुवा गरेको थियो । उहाँले आज जिल्ला प्रहरी प्रमुखको रुपमा जिम्मेवारी संहाल्नुभएको छ ।

उहाँको जिम्मेवारीसँगै जिल्लाको शान्ति सुरक्षा, सुशासन र नागरिकमैत्री सेवा अझ प्रभावकारी बन्ने विश्वास गरिएको छ । पूर्वी पहाडी जिल्लाका धेरै जिल्लाहरुको काठमाडौँ उपत्यका प्रवेश गर्ने अरनिको राजमार्ग समेत रहेको काभ्रे जिल्लामा सुरक्षाकर्मीको विशेष रहने गरेको छ । जसले जिल्लाको मात्र नभई काठमाडौँ उपत्यकाकै जनताको शान्ति, सुरक्षा, अमनचयन तथा समाजलाई सुरक्षित बनाउने महत्वपूर्ण जिम्मेवारी लिँदै उहाँले आजदेखि कार्यभार संहाल्नुभएको हो ।

‘शान्ति विना विकास सम्भव हुँदैन, सुरक्षाविना शान्ति टिक्दैन,’ कार्यभार संहाल्दै उहाँले भन्नुभयो, ‘जहाँ कानुनको पालक प्रहरी प्रशासन बलियो हुन्छ, त्यहाँ समाज सुरक्षित हुन्छ ।’ सुरक्षा केवल प्रहरीको जिम्मेवारी मात्र नभई सचेत नागरिकको पनि कर्तव्य तथा पहिचान भएको उल्लेख गर्दै उहाँले शान्त समाज नै समृद्ध राष्ट्रको आधार भएकाले सोही अनुसार आफ्नो कार्यसम्पादन हुने विश्वास दिलाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ जेठ । नेकपा (एमाले)का सांसद गुरुप्रसाद बरालले सरकारले सुकुम्वासीमाथि अमानवीय व्यवहार गरेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा

काठमाडौँ, ६ जेठ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोललाई ७९औँ कान्स फिल्म फेस्टिभलको रेड कार्पेट समारोहअघि मंगलबार साँझ कान्सका

काठमाडौँ, ६ जेठ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले पदभार ग्रहण गरेसँगै वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान २० दिनका

काठमाडौँ, ६ जेठ । नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेशका पूर्वअर्थमन्त्री कुन्दनराज काफ्लले पार्टी पुनर्निर्माणमा जुट्न आग्रह गरेका छन् । उनले