कांग्रेसमा विश्वासको संकट खडा भएको छ : पूर्वमन्त्री काफ्ले

काठमाडौँ, ६ जेठ । नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेशका पूर्वअर्थमन्त्री कुन्दनराज काफ्लले पार्टी पुनर्निर्माणमा जुट्न आग्रह गरेका छन् ।

उनले बुधबार सामाजिक सञ्जाल फेसबकुमार्फत् पार्टी पुनर्निर्माणमा जुट्न आग्रह गरेका हुन् । पार्टीको छवि नेतृत्वबाट झल्किने भन्दै उनले नेतृत्व छद्मभेषी र बेइमान भए जनताका सपना चकनाचुर हुने हुने उल्लेख गरेका छन् । जनाताको टुटेको विश्वासले पार्टीको पुनर्जीवनका निम्ति गहिरो बाधा पु¥याउने काफ्लेको भनाइ छ ।

संसथापन इतर समूहमा रहेका काफ्लले लेखेका छन्, ‘देशभरका कांग्रेस र कांग्रेस शुभचिन्तक साथीहरू, ऐतिहासिक जिम्मवारीबोध गर्दै सिद्धान्तनिष्ठ चरित्रवान नेतृत्वका लागि पार्टी पुनर्निर्माणमा जुटौं । नेतृत्वको परीक्षण आम जनता र कार्यकर्ताले गरिरहेका छन् । कांग्रेसमा विश्वासको संकट खडा भएको छ । आपसी अविश्वास र दाउपेचले लक्ष्यभेदन हुँदैन । त्यागको पुञ्जस्वरुप विश्वस्त र सिद्धान्तनिष्ठ नेतृत्वसहितको कांग्रेसका निम्ति म यस घडीमा हार्दिक अपिल गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असार । नेकपा (एमाले)ले राइडरका रूपमा काम गर्दै आएका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति  दुःख व्यक्त गरेको

काठमाडौँ, २६ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाले स्पष्ट नीति, योजना र दृष्टिकोण प्रस्तुत गर्न

काठमाडौँ, २६ असार । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेस भएका चार वटा विधेयक प्रमाणीकरण गरेका छन्

काठमाडौँ, २६ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून