करिब ३० लाख अफगानी नागरिक स्वदेश फर्किने अनुमान

एजेन्सी, ६ जेठ । संयुक्त राष्ट्रसङ्घले सन् २०२६ को अन्त्यसम्म करिब ३० लाख अफगानी नागरिक स्वदेश फर्किने अनुमान गरेको छ ।

फर्किनेहरूमध्ये आधाभन्दा बढी महिला र बालबालिका रहने प्रतिवेदनमा उल्लेख गरिएको छ । सन् २०२३ को सेप्टेम्बरयता करिब ५९ लाख अफगानी नागरिक छिमेकी देश इरान र पाकिस्तानबाट अफगानिस्तान फर्किसकेका छन् । यो सङ्ख्या अफगानिस्तानको कुल जनसङ्ख्याको करिब १० देखि १२ प्रतिशत मानिन्छ ।

प्रतिवेदनअनुसार सन् २०२६ को पहिलो चार महिनामै करिब ६ लाख अफगानी इरान र पाकिस्तानबाट फर्किएका छन् । आगामी आठ महिनामा इरानबाट १७ लाख र पाकिस्तानबाट ११ लाख नागरिक फर्किने अनुमान गरिएको छ ।

फर्किने अधिकांश नागरिक दक्ष कामदार रहेका छन् । उनीहरू धेरैजसो छिमेकी देशमै जन्मिएका वा लामो समयदेखि आफ्नो समुदायभन्दा टाढा बस्दै आएका कारण आफ्ना मूल समुदायसँग कमजोर सम्बन्ध रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्