‘सुशासनको लाभांश’ नेपाली समाजमा फैलाउने सरकारको लक्ष्य : अर्थमन्त्री

काठमाडौँ, ४ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सुशासनको लाभांश’ नेपाली समाजमा फैलाउने सरकारको लक्ष्य रहेको बताएका छन् ।

आज काठमाडौँमा आयोजित नेपाल बिजनेस समिटिलाई सम्बोधन गर्दै उनले सरकारको मूल प्राथमिकता सुशासन, आर्थिक पुनर्संरचना, पूर्वाधार विस्तार रहेको बताएका हुन् ।

उनले नेपाली जनताले दिएको अभूतपूर्व जनादेशलाई स्वीकार गर्दै वर्तमान सरकारले सुशासन, आर्थिक पुनर्संरचना, पूर्वाधार विस्तारलाई मूल प्राथमिकतामा राखेर काम गरिरहेको बताएका हुन् । अर्थमन्त्री वाग्लेले विगत १०–१५ वर्षको कुशासनका कारण नेपाली समाजले ठूलो मूल्य चुकाउनुपरेको भन्दै अब त्यसबाट मुक्त गराइने बताए ।

‘सुशासनको लाभांश’ नेपाली समाजमा फैलाउने सरकारको लक्ष्य रहेको बताउँदै वाग्लेले आगामी बजेट सुधारवादी बजेट आउने बताए । उनकाअनुसार सुशासन प्रवर्द्धनका लागि संस्थागत तथा कानुनी सुधार, दर्जनौँ ऐन संशोधन, सूचना प्रविधि र डिजिटाइजेसनको व्यापक प्रयोग गरिनेछ ।

ई–गभर्नेन्स, सार्वजनिक सेवा प्रवाह र डिजिटल अर्थतन्त्रको आधार निर्माणमा सरकारले प्राथमिकता दिइरहेको छ । नेपालको अर्थतन्त्र विगत दुई दशकमा अत्यधिक रूपमा विप्रेषणमा आधारित बनेको छ । अब दिगो आर्थिक वृद्धिका स्रोत निर्माणमा जोड दिनुपर्छ । आगामी दशकहरूमा रेमिट्यान्समाथिको निर्भरता घटाउँदै स्वच्छ ऊर्जा, डिजिटाइजेसन, पर्यटन, हरित उत्पादन र उच्च मूल्यको कृषिलाई आर्थिक वृद्धिको आधार बनाउने नीति सरकारको रहेको उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, २ साउन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था गरिब, निमुखा र आवाजविहीनहरूको हितका लागि भएको

काठमाडौँ, २ साउन । ‘आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिस’ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षा र काठमाडौँबाट

काठमाडौँ, २ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको

काठमाडौँ, १ साउन । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा सरकारले आवश्यक सहजीकरण गर्नेमा प्रतिबद्धता जनाएका छन् ।