‘लालीबजार’को कमाइ साढे ३ करोडबढी

काठमाडौँ, ४ जेठ । चलचित्र विकास बोर्डले प्रदर्शनरत फिल्महरूको कमाइ विवरण सार्वजनिक गरेको छ । २ जेठ शनिबार मध्यरातसम्मको कमाइ विवरण हेर्दा ‘लालीबजार’को कमाइ उत्साहजनक देखिन्छ ।

‘लालीबजार’ ले प्रदर्शनको ९ दिनसम्म देशब्यापी ३ करोड ४२ लाख ६१ हजार ७७९ रुपैयाँ ग्रस कमाएको छ । यो फिल्मलाई सोही अवधिसम्म १ लाख १४ हजार ४८६ जनाले हेरेका छन् ।

‘लालीबजार’ २५ वैशाखदेखि प्रदर्शनमा आएको थियो । सोही दिन रिलिज भएको रामकृष्ण ढकालको फिल्म ‘मालती मंगले’को कमाइ न्यून देखिएको छ । यो फिल्मले शनिबारसम्म ४४ लाख ७८ हजार ६०८ रुपैयाँ कमाएको छ । यसलाई १३ हजार ८९० जनाले मात्र हेरेका छन् ।

सोही दिनमा रिलिज भएको अर्को फिल्म ‘गुरुआमा’को ग्रस कलेक्सन २८ लाख ४४ हजार ४५१ रुपैयाँ छ । यसलाई ८९७४ जनाले हेरेको विवरण उल्लेख छ ।

प्रकाश सपुत स्टारर फिल्म ‘परालको आगो’को कमाइ शनिबारसम्म ४ करोड २२ लाख २३ हजार ४३५ रुपैयाँ ग्रस छ । यसलाई १ लाख ५१ हजार ९२८ जनाले हेरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने

काठमाडौँ, १० साउन । नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुदूरपश्चिमको गेटामा अवस्थित दशरथ चन्द

काठमाडौँ, १० साउन । त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र बाहिरिएको घटना अध्ययन गर्न गठित समितिको निष्पक्षतामाथि प्रश्न उठाउँदै त्रिवि केन्द्रीय क्याम्पस स्ववियूले

काठमाडौँ, १० साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ हजार ६