मन्त्रीहरूको सुनको बिल सार्वजनिक गर्न एमाले सांसदको माग

काठमाडौँ, ४ जेठ । सरकारका मन्त्रीहरूले सम्पत्ति विवरणमा उल्लेख गरेको सुनको बिल सार्वजनिक गर्न माग गरेका उठेको छ ।

आजको प्रतिनिधिसभा बैठकमा एमालेकी सांसद गङ्गादेवी श्रेष्ठले बिल सार्वजनिक गर्नुपर्ने बताएकी हुन् । उनले भनिन्, ‘सरकारका मन्त्रीहरूको त्यति धेरै सुन कहाँबाट आयो ? बिलबिना सुन किनबेच हुँदैन, बिल सार्वजनिक गर्न माग गर्छु’ । 

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को परिवारसँग मात्रै १८९ तोला सुन रहेको विवरणमा उल्लेख छ । अरू सबैजसो मन्त्रीको समेत ठुलो मात्रामा सुनको सञ्चिति देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ साउन । मोरङको केराबारी गाउँपालिका–५ शान्ति चोकमा टिपरको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, १ साउन । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनः सञ्चालनमा ल्याइएको छ ।काग, गिद्ध, हाँसलगायत पक्षीमा बर्डफ्लू

काठमाडौँ, १ साउन । साउन महिना सुरु भएसँगै देशभर हरियो चुरापोते तथा मेहन्दीको व्यापार बढेको छ । महिलाले हातमा मेहन्दी

काठमाडौँ, १ साउन । काठमाडौँको कपनमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति करिब