सन्दीप बने ओडीआईमा छिटो १५० विकेट लिने खेलाडी 

काठमाडौँ, ४ जेठ । नेपाली लेगस्पीनर सन्दीप लामिछानेले अष्ट्रेलियन बलर मिचेल स्टार्कको कीर्तिमान तोडेका छन् ।

उनले ओडीआई क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट बलरको कीर्तिमान बनाएका हुन् । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डविरुद्ध २ विकेट लिएपछि सन्दीपले ७३ खेलमै १५० विकेट लिएर उक्त कीर्तिमान बनाएका हुन् ।

यसअघि स्टार्कले ७७ खेलमा १५० विकेट लिएका थिए । सन्दीप ओडीआईमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडी समेत हुन् । सन्दीपले ४२ खेलमै उक्त उपलब्धि हासिल गरेका थिए ।

सन् २०१८ मा नेदरल्याण्डसविरुद्ध खेल्दै ओडीआई डेब्यु गरेका २५ वर्षीय सन्दीपले नेपालका लागि ७३ ओभरमा १५१ विकेट लिइसकेका छन् । यस्तै उनले ब्याटिङमा पनि ५०० रन बनाएका छन् । यस्तै उनले ७४ टी-२० आई खेलमा १३६ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ असोज । असोज ३० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक भएको छ ।

काठमाडौँ, २६ असोज । सामाजिक सञ्जाल टिकटकमा डरत्रास, धाकधम्की तथा समाजमा हिंसा फैलाउने खालको भिडियो अपलोड गरेको आरोपमा धनुषा प्रहरीले एक

काठमाडौँ, २६ असोज । ‘रामायण’ चलचित्रका निर्माताहरूले बहुप्रतिक्षित दुई भागको यो महाकाव्यको पहिलो भाग सन् २०२६ को नोभेम्बर ५ मा

काठमाडौँ, २३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन्