विश्वकप लिग-२ : आज स्कटल्यान्ड र नेपाल भिड्दै

काठमाडौँ, ४ जेठ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दैछन् ।

महत्त्वपूर्ण त्रिकोणात्मक शृंखला अन्तर्गत यसअघि मंगलबार भएको खेलमा दुई रनले पराजित भएको नेपाल आज जित्ने लक्ष्यका साथ मैदानमा हुनेछ ।

यो खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबार बिहान ९ बजेर ३० मिनेटमा सुरु हुँदैछ । लिग–२ को तालिकामा शीर्ष स्थानमा स्कटल्यान्ड नेपालमाथि जित निकाल्दै उपाधिको दौडमा हुनेछ भने नेपाल स्कटल्यान्डलाई पराजित गर्दै ओडिआई स्टाटस जोगाउने दौडमा छ ।

घरेलु मैदानमा हुने खेल नेपालका लागि एकदिवसीय अस्तित्व जोगाउने लडाइँ जस्तै बनेको छ। दुईदुई खेलको शृङ्खलामा नेपालले एक जित र एक हारको सामना गरिसकेको छ । स्कटल्यान्डसँग पहिलो खेलमा दुई रनले पराजित भएको नेपालले अमेरिकालाई यो शृङ्खलामा ९ विकेटले हराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घरगाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मनाउन राजधानीमा अध्ययन,

काठमाडौँ, २६ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २१ सय

काठमाडौँ, २६ असोज । मादक पदार्थ सेवन गरी रात्रिबस चलाएको आरोपमा काठमाडौँ उपत्यकाबाट दुई चालक पक्राउ परेका छन् । काठमाडौँ उपत्यका

काठमाडौँ, २६ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Exchange Rate for October