वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौँ, २ जेठ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दैलेखको दुल्लु गाउँपालिका १३ का वडा सचिव कमल भण्डारीलाई धाक धम्की दिएको अडियो रेकर्डप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आज प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले एक विज्ञप्ति जारी गर्दै सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

वडा सचिव भण्डारीलाई प्रकाश खड्का नाम गरेका व्यक्तिले फोन गरी धम्क्याएको अडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । विज्ञप्तिमा उक्त घटना सार्वजनिक हुनासाथ प्रधानमन्त्री कार्यालयले खड्कालाई तत्काल कानुनको दायरामा ल्याई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित सुरक्षा निकाय एवम् अनुसन्धान निकायलाई कडा निर्देशन दिइसकिएको समेत जनाइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, २ साउन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था गरिब, निमुखा र आवाजविहीनहरूको हितका लागि भएको

काठमाडौँ, २ साउन । ‘आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिस’ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षा र काठमाडौँबाट

काठमाडौँ, २ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको

काठमाडौँ, १ साउन । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा सरकारले आवश्यक सहजीकरण गर्नेमा प्रतिबद्धता जनाएका छन् ।