काठमाडौँ, १ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशी उत्पादन याक चिजको प्रमोशन पनि गरेका छन् ।
उनले आज डीडीसीले उत्पादन गर्दै आएको याक चिज खाँदै गरेको फोटो आफ्नो फेसबुकबाट सार्वजनिक गरेका छन् ।
फोटोमा प्रधानमन्त्री बालेनले हिमाली क्षेत्रको रैथाने चौँरीको दूधबाट बनेको उत्कृष्ट नेपाली याक चिजको स्वाद लिइरहेको देख्न सकिन्छ।
दुग्ध विकास संस्थान (डीडीसी) ले मुख्यतया उच्च पहाडी क्षेत्रमा पालिने चौँरीको दूधबाट उच्च गुणस्तरको याक चिज उत्पादन गर्छ । डीडीसी मातहतका केन्द्रहरूबाट वार्षिक रूपमा करिब ३६ हजार केजी याक चिज उत्पादन गर्दै आएको छ ।







