ऐरीको एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट पूरा

काठमाडौँ, २ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरेका छन् ।

आज क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध चार विकेट लिएसँगै दीपेन्द्रले यो कोसेढुंगा पार गरेका हुन् । योसँगै ऐरी नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गर्ने चौथो खेलाडी बनेका छन् ।

यसअघि राष्ट्रिय टोलीका सन्दीप लामिछाने, करण केसी र सोमपाल कामीले ५० विकेट पूरा गरेका थिए । यी तीनले क्रमशः १४८, ९८ र ९५ विकेट लिएका छन् । ऐरीले ७४ खेलमा ५० विकेट पूरा गरेका हुन् । ५० विकेट पूरा गर्नेक्रममा उनले उक्त खेलमा मिलिन्द कुमार, हर्मित सिंह, नोस्थुस केन्जिगे, शेहन जयसूर्यालाई पभेलियन फर्काए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घरगाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मनाउन राजधानीमा अध्ययन,

काठमाडौँ, २६ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २१ सय

काठमाडौँ, २६ असोज । मादक पदार्थ सेवन गरी रात्रिबस चलाएको आरोपमा काठमाडौँ उपत्यकाबाट दुई चालक पक्राउ परेका छन् । काठमाडौँ उपत्यका

काठमाडौँ, २६ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Exchange Rate for October